२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्दै नेपाल लाइफ

1.6K
Shares

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंकमा रहेकाे आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको हो।

संस्थापक शेयर बेच्दा सोही कम्पनीका अन्य संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल सो शेयरमा एनआईसी एशिया बैंककै शेयरधनीहरूले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्।

यसका लागि ३५ दिनको समयावधि दिइएको छ। उक्त अवधिभित्र शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको कर्पाेरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij