काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथ्यांक सार्वजनिक गर्दै देशको आर्थिक तथा वित्तीय स्थिति सकारात्मक रहेको जनाएको छ। बैंकका अनुसार उक्त आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो।
विप्रेषणमा पनि वृद्धि देखिएको छ। नेपाली रुपैयाँमा विप्रेषण १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ। यसले देशको वैदेशिक आयमा मजबुती ल्याएको छ।

विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब पुगेको छ। यसैगरी निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब पुगेको छ।
प्रतिवेदनअनुसार आर्थिक वृद्धिसँगै आयात १३.३ प्रतिशतले वृद्धि भई १८०४ अर्ब १२ करोड पुगेको छ भने निर्यात ८१.८ प्रतिशतले बढेर २७७ अर्ब ३ करोड पुगेको छ। यसले व्यापार गतिविधिमा गति आएको देखाउँछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij