२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शो २०२५ : विशिष्ट व्यक्तिहरूको उपस्थिति र ४ दिनमै १,०४,३४७ जनाले गरे अवलोकन

नाडा अटो शो २०२५ : विशिष्ट व्यक्तिहरूको उपस्थिति र ४ दिनमै १,०४,३४७ जनाले गरे अवलोकन

2K
Shares
काठमाडौं — नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ४ दिनमै १,०४,३४७ दर्शकले अवलोकन गरिसकेका छन्। यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्ने प्रष्ट भएको छ।
यस नाडा अटो शो मा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् । सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली,  सभामुख श्री देवराज घिमिरेज्यू, राष्ट्रिय सभाका अध्यक्ष श्री नारायणप्र्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल, माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका  मुख्यमन्त्री श्री यमलाल कंडेल, माननिय प्रतिनिधि सभा सदस्य श्री योगेश भट्टराई,  प्रतिनिधि सभा सदस्य श्री हरि ढकाल,  प्रतिनिधि सभा सदस्य श्री शिशिर खनालज्यू तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री श्री जयराम थापाले अवलोकन गरेका छन् ।
 
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री कृष्णवहादुर रावत, नेपाली सेनाका रथी श्री निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेकवहादुर तामाङ्ग, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव श्री महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक श्री अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक श्री नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक श्री आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द गुरुङ्गले प्रदर्शनीको अवलोकनगरेका छन् । 
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष श्री निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष श्री डोलनाथ खनाल, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष श्री सुरेन्द्र रेग्मी, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कमल गौतम, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष श्री सुदिप घिमिरे र महिला राष्ट्रिय फुटवल कप्तान श्री सवित्रा भण्डारी समेतले नाडा अटो शो २०२५ को अवलोकन गरेका छन् ।
यसै क्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक श्री अटानु गाँगुली र अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य श्री रितुञ्च गुप्ताको प्र्र्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका छन् । अवको बाँकी दुई दिनमा अन्य विशिष्ट व्यक्तीहरुले पनि अवलोकन गर्ने अपेक्षा राखिएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा शुभारम्भको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षामा अझ बृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।
यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij