काठमाडौं – माबिलुङ्ग इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भदौ ८ गते आइतबार बिहान ९:३० बजे शेयर बाँडफाँड हुने छ।
कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो। यो आईपीओ १ लाख २४ हजार ८ सय ९२ जनालाई पर्ने छ।
कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफांड गरिसकेको छ ।
यस कम्पनीको आईपीओलाई रेटिङ गर्ने संस्था ईक्रा नेपाल लिमिटेडले ‘ईक्राएनपी–आईआर बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij