२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छः सिइओ गुरूङ

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि लगानी गरिरहेको छः सिइओ गुरूङ

1.3K
Shares

काठमाडौँ – कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा सिइओ गुरुङले बैंकको ऋण विविधिकरण गरिरहेको बताए । अटोमोवाईल्स क्षेत्रमा पनि कर्जा प्रवाह गर्दै आएको बताउँदै उनले गत वर्षको नाडा अटो शोमा स्टल समेत राखेको बताए ।

उनले अटोमोवाईल्स क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या पनि कम भएको बताए । ‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ । त्यसमा खराव कर्जा पनि बढ्ने गरेको छ । तर, अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम रहेको छ,’ उनले भने ।
बैंकहरुले कुनै पनि सवारी साधनको ब्रान्डलाई कर्जा प्रवाह गर्दा ग्राहकको गाडीप्रतिको सोच कस्तो छ भनेर पनि हेर्ने गरेको उनको भनाइ छ ।
‘व्यवसायीक गाडीमा लगानीगर्दा बढी चुनौती छन् । निजी गाडीमा कर्जा दिदाँ व्यक्तिको सम्पत्ति पनि धितो राख्ने गरेको छौं,’ उनले भने ।
उनले ‘लोन टु भ्यालू रेसियो’ देशअनुसार फरक फरक हुने गरेको बताए । व्यावसायीक र निजी गाडीमा पनि ‘लोन टु भ्यालू रेसियो’ फरक फरक हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij