काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मिति घोषणा गरेको छ। क्यानले एनपिएल मंसिर १ देखि २७ सम्म काठमाडौंमा गर्ने घोषणा गरेको हो। यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन्। पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij