२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘नाडा अटो शो २०२५’ आज दोस्रो दिन पनि अवलोकनकर्ताको घुइँचो (तस्बीरहरु)

‘नाडा अटो शो २०२५’ आज दोस्रो दिन पनि अवलोकनकर्ताको घुइँचो (तस्बीरहरु)

1.7K
Shares

काठमाडौं – भाद्र ३ गतेबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को दोस्रो दिन भाद्र ४ गते बुधबार पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्टिय सभाका अध्यक्ष नारायण दाहाल लगायतका विशिष्ट ब्यक्तिहरुको पनि अबलोकन गर्न आएका थिए ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो  शोमा विभिन्न कम्पनीहरूले नयाँ मोडलका गाडी, इलेक्ट्रिक भेहिकल (ईभी) र अत्याधुनिक प्रविधियुक्त सवारी साधन सार्वजनिक गरेका छन् । अटो शोमा उड्ने ट्याक्सी मुख्य आकर्षण बनेको छ ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पाट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहने आयोजकले बताएको छ ।

अटो शो भाद्र ८ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij