२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा प्याब्सनले तिज नृत्य प्रतियोगिता २०८२ आयोजना गर्ने

टोखा प्याब्सनले तिज नृत्य प्रतियोगिता २०८२ आयोजना गर्ने

1.5K
Shares

टोखा- टोखा प्याब्सनले आगामी भदौ ५ गते विहिबार बिहान ११ः३० बजेदेखि तिज नृत्य प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ। यसबारे जानकारी दिनका लागि भदौ ४ गते टोखा प्याब्सन कार्यलयमा पत्रकार सम्मेलन गरिएको थियो। प्रतियोगितामा प्याब्सन आवद्ध २५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाउने कार्यक्रम संयोजक राजेश श्रेष्ठले जानकारी दिए।

प्रतियोगिता बसुन्धारास्थित साउथ वेस्ट्रन स्टेट कलेजको अडिटोरीयम हलमा हुने भएको छ। कार्यक्रमको उद्घाटन विहान ११ः३० बजे गरिनेछ भने समापन समारोह टोखा नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। विद्यार्थीहरूले तिज पर्वको सांस्कृतिक महत्त्व झल्काउने विविध नृत्य प्रस्तुति गर्ने अपेक्षा गरिएको छ।

टोखा प्याब्सन अध्यक्ष अरुण कुमार केसीले यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तर आयोजना गर्दै जाने बताए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ। यस कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त हुनुका साथै विद्यालयबीच आपसी सम्बन्ध र सांस्कृतिक चेतना अभिवृद्धि हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij