काठमाडौं । नामीले नाडा अटो शो २०२५मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरेको छ । नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार छ ।
नामीभिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ । यो E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध छ, जस मध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ ।
Advertisement
नामीभिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथ आउँछ, जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्याएको छ । यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरीसीट समावेश छ । डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्टलाइ टिङछ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ । चार्जिङको लागि यसले 3C फास्टचार्जिङ (१६७ DC) सपोर्ट गर्छ, जसले ३०% बाट ८०% चार्जगर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेकयात्रालाई रमाइलो बनाउन र आउट डुअर फनकालागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ ।
त्यस्तै, नामी०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ । यसमा लेभल 2 ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ । कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र R18 टायर, अटोमेटिकहाई/लोबीमहेड लाइटर हेडलाइटडिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ ।
यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन् । अडाप्टि भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरू सहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो ।
नामीभिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिकक्युब” एक्सटेरियर, T-आकारका एलईडी हेड लाइट, ट्राइएंगुलर पिक्सेलटेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन् । इन्टेरिय र पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्टर स्मार्ट केबिन, १२.८इन्चको इन्फोटेनमेन्ट स्क्रिनर ८.८ इन्च डिजिटलइन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटामुनरुफ (E2+) र एउटा 360° क्यामरा समावेश छन् ।
नामीभिगो E2 भेरियन्टको लन्च मूल्य रु. ३८,९९,००० र E2+ भेरियन्टको लागि रु. ४१,९९,००० रहेको छ । नाडाअटोशोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ।शो को अवधिमा, नामीभिगो E2 भेरियन्टरु. ३७,९९,००० मा र E2+ भेरियन्टरु. ४०,९९,००० मा उपलब्ध हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij