२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश घोषणा

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश घोषणा

1.4K
Shares

काठमाडौं- हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१र८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चु्क्तापूँजीको १२.६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ। यसका साथै बैठकले लाभांशसहित प्रस्ताव आगामी साधारण सभासमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

कुल लाभांशमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश रहेका छन् । कम्पनीको हाल चुक्तापूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij