२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाडा अटो शोमा यामाहाका दुई मोटरसाइकलका भेरियन्ट सार्वजनिक

नाडा अटो शोमा यामाहाका दुई मोटरसाइकलका भेरियन्ट सार्वजनिक

1.8K
Shares

काठमाडौं- यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्ना दुई मोटरसाइकलका नयाँ भेरियन्ट प्रस्तुत गरेको छ। कम्पनीले एमटी–१५ भीटु को ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ तथा एफजेड–एस भिथ्री डिलक्सको ‘आइस फ्लुओ भर्मिलियन’ सार्वजनिक गरेको हो।

भृकुटीमण्डपमा रहेको यामाहा ब्लु च्याम्बरमा सम्पन्न अनावरण कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडा अध्यक्ष करण चौधरी उपस्थित थिए।

नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुँदैछ। यस अवधिमा आगन्तुकहरूले नयाँ मोडेल प्रत्यक्ष अवलोकनसँगै ७ हजार रुपैयाँसम्म छुट, मोटो जिपी रेस प्रत्यक्ष हेर्ने मौका तथा एमटी सिरिज बुकिङमा प्रिमियम ज्याकेटजस्ता विशेष अफर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij