२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज स्वस्तिक लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

आज स्वस्तिक लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

2.3K
Shares

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.ले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले साउन ३० गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको हो। आवेदन दिंदा न्युनतम १० कित्ताको लागि दिनु पर्ने छ। यो आईपीओ १९ हजार ५ सय १९ जनालाई मात्र पर्ने छ ।

कम्पनीले यस अघि नै पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij