२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल

एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल

850
Shares

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले लिलाम सम्बन्धि जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकेको छ । बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी दिने उदेश्यले सो पोर्टल सार्वजनिक गरेको हो।

अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ। यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन्।

यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij