२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

1.9K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सनराइज फोक्सड इक्विटी फण्डको १३.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । यसको आज अन्तिम कारोबार मूल्य १०.३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पछिको कम्पनीको मूल्य ९.०१ रुपैयाँ पुगेको छ ।

सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य १०.८९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । सो पश्चात अब कम्पनीको मूल्य ९.४९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी लक्ष्मी उन्नति कोषको २० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य ११.८१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ९.८१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij