२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेटमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेटमा छुट

1.3K
Shares

काठमाडौं- एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउन बैंकले स्काइ ब्रोडब्याण्ड प्रा. लि.सँग सम्छझौता गरेको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्ड प्रा. लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु. १५०० छुट प्राप्त गर्न सक्ने छन्।

बैंकका अनुसार बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु. १५०० छुट प्राप्त गर्नु सक्ने छन्। यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij