२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छः मन्त्री भण्डारी

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छः मन्त्री भण्डारी

1.6K
Shares
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बिहीबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘दशौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०८२’ उदघाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

भीमदत्तनगर- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडि बढेका छौँ, रु तीन अर्ब ८० करोडको लागतमा बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ, प्रधानमन्त्रीको आउँदो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका तर्फबाट शिलान्यास गर्नेगरी कार्यक्रम तय भएको छ ।”

नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडि बढेको मन्त्री भण्डारीले बताउनुभयो । “पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ । उहाँले भन्नुभयो, “तेस्रो मुलुकसँग सबैभन्दा छोटो व्यापारिक निकटता हुनेछ, यसबाट अन्तरदेशीय व्यापारमा सहज हुनेछ ।”

दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij