२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कजरिया रमेश टायल्सको ब्रान्ड एम्बेस्डरमा दिब्या रायमाझी नियुक्त

कजरिया रमेश टायल्सको ब्रान्ड एम्बेस्डरमा दिब्या रायमाझी नियुक्त

1.2K
Shares

काठमाडौं – नेपालको प्रिमियम टायल्स उत्पादक कजरिया रमेश टायल्स लिमिटेडले अभिनेत्री दिब्या रायमाझीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसरमा अभिनेत्री दिब्या रायमाझीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

कम्पनीको आगामी अभियानहरूमा उनले ब्रान्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्ने कम्पनीका निर्देशक संजय अग्रवालले बताए।

‘दिब्याले हाम्रो ब्रान्डका मूल मूल्यहरू, युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्छिन्,’ उनले भने, ‘उनको जोसिलो र आकर्षक व्यक्तित्व हाम्रो नयाँ सोच, शैली र गुणस्तरसँग मेल खान्छ। उनी मनोरञ्जन क्षेत्रमा अघि बढ्दैछिन्, र उनको यात्राले हाम्रो उत्कृष्टता र नेतृत्वको प्रतिबद्धता झल्काउँछ।’

कार्यक्रममा कम्पनीका नयाँ टायल संग्रहहरू, नवीन डिजाइनहरू प्रदर्शन गरियो थियो। कजरिया रमेश टायल्सले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र सयभन्दा बढी डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजरिया प्रिमियम टायल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ।

कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स र सिरामिक वाल टायल्स उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij