काठमाडौं – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदी दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij