२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

1.5K
Shares

काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अंकले घटेर २,७६१ को विन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको २ करोड ५ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.९३ प्रतिशत, विकास बैंक समूहको ०.४९ प्रतिशत, फाइनान्स समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij