काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ३१ हजार २०४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij