२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भदौ १९ गतेदेखि शिव श्री हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

भदौ १९ गतेदेखि शिव श्री हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

1.5K
Shares

काठमाडौं – शिव श्री हाइड्रोपावर लिमिटेडले यही भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको हो। कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते नै बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा साउन १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij