काठमाडौं- तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरू पार गर्दै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भविष्यको मोबिलिटीको प्रतीक मानिएका डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्सलाई सुरक्षित रूपमा काठमाडौं भित्र्याएको छ।
संघका अनुसार यी प्रविधिहरू नेपालमा पहिलोपटक सार्वजनिक प्रदर्शनका लागि तयार गरिएको हो। अब दर्शकहरूले आगामी नाडा अटो शो २०२५ मार्फत प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
नाडाले यसलाई केवल प्रदर्शनी मात्र नभई नेपालको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाणका रूपमा व्याख्या गरेको छ। संघले विश्वास व्यक्त गरेको छ कि यसले नेपालको प्रविधि र नवप्रवर्तन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्नेछ।
१७औं संस्करणको नाडा अटो शो आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij