काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ४२ करोड ५० रूपैयाँ खुद नाफा गरेको छ। जुन गत आवको भन्दा १.१६ प्रतिशतले कम हो। गत आवको यसै अवधिसम्म कम्पनीले ४३ करोड रूपैयाँ मात्रै खुद नाफा गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत आवको भन्दा २२.०९ प्रतिशतले बढी हो। गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको कुल आम्दानी बढेर ९ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको कुल आम्दानी ७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.५० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.७१ रुपैयाँ रहेको छ ।
यस समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ७७ करोड रुपैयाँ कुल खर्च गरेको छ। यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार करीब ३९ प्रतिशतले वृद्धि भएर १९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। गत बर्ष यस अवधिमा उक्त कोषमा १४ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
चुक्ता पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको कम्पनीको शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij