काठमाडौं – नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग लिमिटेडले साउन ३० गतेदेखि आफ्नो दोस्रो खुलामुखि योजना निष्काशन गरेको छ । क्यापिटलले एनआई ३१ निष्काशनमा ल्याएकाे हो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो। निष्काशन गरिने कुल इकाईको १५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपैयाँबराबरको ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरी बाँकी रहेको १ करोड १२ लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ। बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ७५ लाख इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।
म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए एटदरेट प्रदान गरेको छ भने केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयरएनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij