२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्दाकिनी हाइड्रोपावरले पायाे हकप्रद निष्कासन अनुमति

मन्दाकिनी हाइड्रोपावरले पायाे हकप्रद निष्कासन अनुमति

805
Shares

काठमाडौं- विद्युत् नियमन आयोगले मन्दाकिनी हाइड्रोपावर लिमिटेडलाई ६६.४० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको छ। कम्पनीले १२५ प्रतिशत हकप्रद निष्कासन अनुमति मागे पनि आयोगबाट ६६.४० प्रतिशत मौ हकप्रद निष्कासन अनुमति पाएको हो।

चुक्ता पुँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ रहेको कम्पनीले सोही आधारमा ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ ३० पैसा बराबरको हकप्रद निष्कासन अनुमति प्राप्त गरेको हो। कम्पनीले २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोगको स्वीकृतिपछि नेपाल धितोपत्र बोर्डमा आवेदन प्रक्रिया अघि बढाउनेछ। हकप्रद निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij