२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा मिडिल तमोरको नाफा ४० करोड ५५ लाख

सानिमा मिडिल तमोरको नाफा ४० करोड ५५ लाख

1.5K
Shares

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा करिब २ अर्ब विद्युत बिक्री आम्दानी गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५९.८० प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ३५ करोड २४ लाख रुपैयाँ मात्र थियो।

३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij