काठमाडौं – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आव २०८०/८१ को सोही अवधिको तुलनामा ८८९.०४ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीको खुद नाफा जम्मा ६ करोड ७८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समेत बढेको छ । कुल आम्दानी पनि ९००.४४ प्रतिशतले बढ्दै १ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
यो अवधिमा कम्पनीको खर्चमा पनि वृद्धि देखिएको छ । अघिल्लो आवमा ११ करोड २४ लाख कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिमा ११ करोड ३८ लाख कुल खर्च गरेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७२ करोड २० लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३३ करोड र कुल चालु दायित्व २९ करोड ४० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी उल्लेख्य बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५ रुपैयाँ ५५ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर ५२ रुपैयाँ २३ पैसा पुगेको छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २५० रुपैयाँ १५ पैसा, तरलता अनुपात ४.४५ प्रतिशत र मूल्य आम्दानी अनुपात ४३.६४ गुणा कायम भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij