२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवल पावर कम्पनीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

बुटवल पावर कम्पनीको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

1.1K
Shares

काठमाडौं – बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २२ करोड ६१ लाख रुपैयाँ मात्र यस्तो नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १६.५८ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा २३.९२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६.७४ प्रतिशत घटेको छ। कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा २४.३४ प्रतिशत बढेको छ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९४ पैसा बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात १४४.३९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij