२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइजको नाफा बढ्यो

लक्ष्मी सनराइजको नाफा बढ्यो

1.4K
Shares

काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij