२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हिमालयन डिष्टिलरीको खुद नाफा ९५ करोड ३२ लाख

हिमालयन डिष्टिलरीको खुद नाफा ९५ करोड ३२ लाख

1.3K
Shares

काठमाडौं-हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ७७.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६६.७८ गुणा बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ ३६ पैसा बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij