काठमाडौं – कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८९ लाख ३८ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४३.२८ प्रतिशत घटेको हो।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.०३ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ३.९९ प्रतिशत घटेको छ। कम्पनीको ह्रासकट्टी खर्च भने समीक्षा अवधिमा ३२४.८२ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६.४६ गुणा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij