काठमाडौं – एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । दोस्रो बजारमा एनआइसी बैंकको उक्त ऋणपत्र भोलिदेखि नै कारोबार सुरु हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij