२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धितोपत्र बोर्डको सदस्यमा हेमराज ढकाल नियुक्त

धितोपत्र बोर्डको सदस्यमा हेमराज ढकाल नियुक्त

1.9K
Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्यमा नियुक्त भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट हेमराज ढकाललाई सेबोन सदस्यका रूपमा मनोनयन गरी पठाएका हुन्।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुसार सेबोनको सदस्यमा नियुक्त भएका हुन्। ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि धितोपत्र बोर्डको सदस्य हुने व्यवस्था छ। ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

सेबोन सदस्य नियुक्त भएपछि ढकालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्‌नो प्राथमिकतामा रहने बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij