२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

1.7K
Shares

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।  यसको साँवा तथा ब्याज भुक्तानी भदौ २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij