२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

गमगढी–बालै–पिना सडक अवरुद्ध, हिँड्नसमेत समस्या

1.6K
Shares

मुगु- बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छभने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।

स्थानीय दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।

यसैबीच, छायानाथ रारा नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्य मल्लले वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताउनुभयो । उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij