काठमाडौं – लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीन योजनाको लाभांशका लागि बुक क्लोज मिति तय भएको छ ।
लक्ष्मी सनराइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘सनराइज फोकस्ड इक्विटी फण्ड’, ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ र ‘लक्ष्मी उन्नति कोष’ को प्रतिफल (लाभांश) वितरण प्रयोजनार्थ बुक क्लोज तय गरिएको हो ।
यी योजनाले गत आर्थिक वर्षका लागि क्रमशः करसहित १३.५० प्रतिशत, १४ प्रतिशत र २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सोही लाभांश वितरणार्थ तीनै योजनाले भदौ ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएका हुन् ।
तसर्थ भदौ २ गतेसम्म नेप्सेका कायम रहने इकाइधनीले प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij