२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकको नाफा ४६.२२ प्रतिशतले बढ्यो, यस्ता छन् मुख्य सूचक

एनएमबि बैंकको नाफा ४६.२२ प्रतिशतले बढ्यो, यस्ता छन् मुख्य सूचक

1.1K
Shares

काठमाडौं- एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  अघिल्लो आर्थिक वर्ष २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४६.२२ प्रतिशत बढेको हो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा वृद्धिदर बढी देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ ६४.४६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३ करोड रुपैयाँबाट घटेर ९५ करोड ८० लाख रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिदर खुद ब्याज आम्दानीको भन्दा बढी देखिएको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६६ पैसा बढेर १७ रुपैयाँ ९० पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.१० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ।

१८ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij