२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस नेपाल वल्र्ड २०२५ को अर्को अडिसन साउन ३१ गते हुने

मिसेस नेपाल वल्र्ड २०२५ को अर्को अडिसन साउन ३१ गते हुने

1.2K
Shares

 

काठमाडौं -विवाहित महिलाहरुको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का लागि आगामी साउन ३१ गते अडिसन गरिने भएको छ ।
अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने छ। इच्छुकले खल्ती एपमार्फत, रिबन इन्टरटेनमेन्टको वेबसाईट वा आयोजकको शंखमूलस्थित कार्यालय तथा सोहि दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन्। अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञले नियमित तालिम दिनेछन्। गंगा महर्जन र सम्राट शाहको संयोजनमा प्रशिक्षण सत्र भदौ १८ गतेदेखि सुरु हुनेछ। यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपा प्रज्ञा प्रतिष्ठानमा हुनेछ। सोही अवसरमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताहरू पनि घोषणा गरिने छ।
आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाले यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकाको लस भेगासमा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागी हुने मौका पाउनेछन्।
मिसेस वल्र्ड २०२२ मा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिइन् भने मिसेस वल्र्ड २०२३ मा पृथ्वीया थापाले सहभागीता जनाएर मिसेस ह्युमनिटरियन उपउपाधि अवार्ड प्राप्त गर्न सफल भएकी थिईन। यस बर्ष डेनिला कार्कीले मिसेस वल्र्ड २०२५ मा प्रतिनिधित्व जनाउने छिन्। साथै, विगतका वर्षजस्तै यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij