२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

1.6K
Shares

काठमाडौं-  सोमबार शेयर बजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा बन्द भएको हो।  आज ३२४ कम्पनीको २ करोड ५० लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १८ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।

आज बजारमा ३० वटा कम्पनीको शेयर मुल्य बढेको छ। यो २२० वटा कम्पनीको शेयरमुल्य घटेको छ।

आज सर्वाधिक शेयर मूल्य घट्नेमा विकास बैंक र माइक्रोफाइनान्स रहेको छ । विकास बैंक र लघुवित्तको सकारात्मक रिपोर्ट सार्वजनिक हुँदा समेत मूल्य बढ्न सकेको छैन । यसदिन विकास बैंकको २.४३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.३३ प्रतिशत, फाइनान्सको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सर्वाधिक कारोबार शिवम सिमेन्टको ५३ करोड ८८ लाख रुपैयाँको भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij