२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढ्यो

1.5K
Shares

काठमाडौं- नागरिक लगानी कोषले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशत बढी हो। ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।

कोषको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेको छ भने सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आमदानी ८.९६ प्रतिशत बढेको छ भने खर्च ६.७७ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij