२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुढीगण्डकी जलविद्युत् कम्पनीको सिइओमा अरुण रजौरिया नियुक्त

बुढीगण्डकी जलविद्युत् कम्पनीको सिइओमा अरुण रजौरिया नियुक्त

1.7K
Shares

काठमाडौं – बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण रजौरिया नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले रजौरियालाई सीइओ नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ ।

कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गरेको हो। कम्पनीको सीइओको लागि धनकुटाका राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्ण सिंह बस्नेतको आवेदन परेको थियो। जस मध्ये रजौरिया छनोट भएका हुन । ।

गोरखा र धादिङमा पर्ने गरि प्रस्ताव गरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि यो कम्पनी गठन गरिएको हो ।

उनी  हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को डेपुटी सीइओ थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij