काठमाडौं -नेपाल धितोपत्र बोर्डले ‘आरबीबी फोकस–४०’ नामक म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।
धितोपत्र बोर्डले योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई उक्त म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति दिएको हो। यो योजना आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। अब आरबीबी मर्चेन्टले उक्त योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
आरबीबी फोकस–४० बन्दमुखी योजना हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij