२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्ने

स्वस्तिक लघुवित्तले साउन ३० गतेदेखि आईपीओ निष्काशन गर्ने

2.1K
Shares

काठमाडौं-  स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। संस्थाले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गर्न लागेको हो ।
संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये ०.५० प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता सेयर कर्मचारीहरुलाई, ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि सुरक्षित गरी बाँकी रहेको सेयर आम सर्वसाधारणका लागि जारी गर्न लागिएको हो ।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ३ गते र ढिलोमा भदौ १३ गते हुनेछ ।

संस्थाले पहिलो चरण अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि गत असार २७ गतेदेखि साउन ९ गतेसम्म २३ हजार १०० कित्ता सेयर जारी गरेको थियो।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij