२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

एनएमबि बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

2.2K
Shares

काठमाडौं – एनएमबि बैंकले मनसुनको जोखिमलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई १६ फिटको सेल्फ बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उद्दार सामग्रीहरू हस्तान्तरण गरेको छ।

साउन महिनाको मंगलवार, काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई यी सामग्रीहरू औपचारिक रूपमा बुझाएका हुन् ।

प्रदत्त सामग्रीहरूमा रबर बोट, लाइफ ज्याकेट र अन्य जलजन्य विपद् तथा आकस्मिक घटनामा उपयोगी उपकरणहरू समावेश छन्। मनसुनका बेला बाढी, डुबान र अन्य जलजन्य जोखिमहरू बढ्ने भएकाले, यस किसिमको सहयोगले प्रहरीको उद्धार कार्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको अपेक्षा रहेको छ।

एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ र यसरी प्रदान गरिने सहयोगले बैंकको समुदायप्रति प्रतिबद्धता झल्काउने विश्वास रहेको छ।

हाल बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij