२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

1.7K
Shares

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको गिरावट हो ।

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह शून्य दशमलव ४४ र म्युचुअल फन्ड शून्य दशमलव १७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव ०८, विकास बैंक दुई दशमलव ४६, वित्त एक दशमलव ८५, होटल तथा पर्यटन शून्य दशमलव ९९, जलविद्युत् एक दशमलव ७१ र जीवन बिमा एक दशमलव ४२ प्रतिशतले घटेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ६३, निर्जीवन बिमा एक दशमलव २०, व्यापार एक दशमलव ८५ र अन्य समूह दुई दशमलव ७६ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ३९ करोड २८ लाख रुपैयाँ
  • ट्रेड टावरः ३७ करोड रुपैयाँ
  • शिवम सिमेन्टः ३३ करोड २८ लाख रुपैयाँ
  • बुटवल पावरः ३० करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २४ करोड ६५ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः २२ करोड ६८ लाख रुपैयाँ
  • कालिका पावरः २१ करोड ९५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ९० लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः २० करोड १३ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १८ करोड ९२ लाख रुपैयाँ

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij