काठमाडौं- यस वर्षको नाडा अटो शो मा पहिलोपटक उड्ने कार र अत्याधुनिक रोबोटहरू प्रदर्शनीमा राखिने भएका छन्। नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोमा यो वर्ष आधुनिक उपकरण देख्न पाइने भएको हो। काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेबाट सुरु हुने अटो शोमा चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी द्वारा निर्माण गरिएको युनिट्री रोबोट देख्न पाइनेछ।
त्यस्तै, एमएडब्लू वृद्धि अटो कर्पले चीनमा निर्मित दिपल ईभीटीओएल युएभी (eVTOL UAV) उड्ने कार नेपालमै पहिलोपटक सार्वजनिक गर्नेछ। यो पूर्ण विद्युतीय कार सिधै उड्न र अवतरण गर्न सक्ने क्षमता बोकेको छ।
नाडाले पत्रकार सम्मेलनमार्फत यस वर्षको अटो शो प्रविधिमुखी र भविष्यमुखी बनाउने तयारी गरिएको जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij