काठमाडौं- आज साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२५ कम्पनीको २ करोड ७१ लख ६९ हजार ७५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज १४० कम्पनीको शेयर मुुल्य बढेको छ भने ११० कम्पनीको शेयर मुल्य घटेको छ । यसदिन ६ उपसूचक भने राताम्य भएका छन् भने ७ सूचकमा भने सुधार आएको छ । आज वाणिज्य बैंकको शेयर सर्वाधिक १.६२ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij