२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड इदी मर्दी हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

युनाईटेड इदी मर्दी हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

1.7K
Shares

काठमाडौं –  युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाइ बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा युनाईटेड इदी मर्दीका तर्फबाट प्रबन्ध निर्देशक रोशन के.सी. र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहको छ । हकप्रद जारी गरेपछि चुक्ता ९२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

कास्की पोखरामा रजिष्टर्ड कार्यालय र कुपण्डोल, ललितपुरमा सम्पर्क कार्यालय रहेको यस कम्पनीद्वारा प्रर्बद्घित मर्दीखोला जलविद्युत आयोजना (७ मेगावाट) को आयोजनास्थल कास्की जिल्लाको माछापुच्छे« गाउँ पालिका–८ र ९ मा रहेको छ ।

कम्पनीले उक्त आयोजनाबाट २०७६ साल आश्विनदेखि व्यवसायिक रुपमा उत्पादन शुरु गरी आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको छ । साथै, यस कम्पनीले हकप्रद सेयर जारी गरी सो बाट प्राप्त रकमलाई अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij