२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीलंकाको भन्सार आम्दानीमा ऐतिहासिक वृद्धि

श्रीलंकाको भन्सार आम्दानीमा ऐतिहासिक वृद्धि

1.2K
Shares

श्रीलंका- श्रीलंकाको भन्सार विभागले सन् २०२५ को पहिलो सात महिनाको अवधिमा करिब १.२ ट्रिलियन श्रीलंकाली रूपैयाँ (झण्डै ४ अर्ब अमेरिकी डलर) बराबरको राजस्व संकलन गरेको जनाएको छ।

श्रीलंका भन्सार विभागका प्रवक्ता सिवाली अरुकगोदाका अनुसार, विभागले केवल जुलाई महिनामै २३१ अर्ब रूपैयाँ (करिब ७७ करोड अमेरिकी डलर) राजस्व संकलन गर्न सफल भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मासिक राजस्व हो। यो राजस्व मुख्यतः सवारीसाधन आयातमा लाग्ने करमार्फत प्राप्त भएको बताइएको छ।

प्रवक्ता अरुकगोदाले थप जानकारी दिँदै, करिब २८ हजार सवारीसाधनमा कर लगाई विभागले करिब ३०० अर्ब रूपैयाँ (झण्डै १ अर्ब अमेरिकी डलर) राजस्व संकलन गरेको उल्लेख गरे ।

श्रीलंकाली सरकारले सन् २०२५ का लागि भन्सार विभागमार्फत २.११५ ट्रिलियन रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। अहिलेसम्मको तथ्याङ्कअनुसार, विभागले सो लक्ष्यभन्दा ११६ अर्ब रूपैयाँले बढी राजस्व संकलन गरिसकेको प्रवक्ता अरुकगोदाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij