काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ। नेप्से परिसूचक आज ६३.७३ अंकले घटेको हो। योसँगै नेप्से २८५८.९० को विन्दुमा झरेको छ।
आज बजार उच्च अंकले घट्दा १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ। आज ३१९ वटा कम्पनीको तीन करोड २२ लाख ६० हजार कित्ता शेयर खरिद–बिक्री भएर १३ अर्ब सात करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij